श्रीमतीसँग मिलेर कुटीकुटी बुवाको हत्या, छोरा पक्राउ
 
                    
                    
                    
                    सिराहा : बुवाको हत्या आरोपमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ।
उनीमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको आरोप छ।
छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुवा भालेश्वरमाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए।
गम्भीर घाइते उनको उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।
असोज ९, २०८१ बुधबार १०:३१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    