‘एक्स’मा खाता ब्लक नमिल्ने फिचर आउन लागेको हो?
 
                    
                    
                    
                    एजेन्सी : सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ।
 
अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिररया गर्न भने सक्षम हुने छैनन्। उनीहरूसँग सार्वजनिक रूपमा प्रकाशित गरिएका पोस्टहरूमा भने पहुँच हुनेछ।
कम्पनीको स्रोतहरूका अनुसार यी परिवर्तनहरू प्रतिबन्धित प्रयोगकर्ताहरूले ब्लक हुनबाट जोगिन वैकल्पिक खाताहरू सिर्जना गर्ने, अनावश्यक अन्तरक्रिया गर्न र जस्ता समस्यालाई घटाउन ल्याइएको हो।
सञ्जालका प्रमुख एलोन मस्कले लामो समयदेखि ’ब्लकिङ’ लाई खारेज गर्ने इच्छा राखेका थिए।
यस परिवर्तनको उद्देश्य अवरुद्ध प्रयोगकर्ताहरूलाई उनीहरूले पहिले देख्न नसक्ने कुनै पनि हानिकारक सामग्री पहिचान गर्न र रिपोर्ट गर्ने क्षमता दिनु हो।
साथै, यो परिवर्तनले प्रयोगकर्ताहरू बीच व्यापक बहस उत्पन्न गर्ने अपेक्षा गरिएको छ। केही प्रयोगकर्ताहरूले यसलाई अवरुद्ध प्रयोगकर्ताहरूको गोपनीयता भङ्ग हुने आलोचना गरेका छन्।
असोज ८, २०८१ मंगलबार २२:०४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    