बर्दियामा धारिलो हतियारले हानेर ३९ वर्षीया महिलाको हत्या, एक जना पक्राउ
 
                    
                    
                    
                    बर्दिया : ३९ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-११ जब्दी बस्ने ४० वर्षीय पप्पु भन्ने शिव चौधरी रहेका छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि बारबर्दिया नगरपालिका-५ तर्कापुर बस्ने ३९ वर्षीया मिना थारूको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ।
धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी मिनाको नगर अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
असोज २, २०८१ बुधबार १२:३२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    