६० दिनको कार्ययोजना प्रस्तुत गर्न निगमका कार्यकारी अध्यक्षद्वारा मातहतका कर्मचारीलाई २४ घण्टे निर्देशन

६० दिनको कार्ययोजना प्रस्तुत गर्न निगमका कार्यकारी अध्यक्षद्वारा मातहतका कर्मचारीलाई २४ घण्टे निर्देशन

काठमाडौं : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले चाडपर्वमा नियमित उडान सुचारु राख्न मातहतका कर्मचारीलाई २४ घण्टाभित्र ६० दिनको योजना पठाउन निर्देशन दिएका छन्।

चाडपर्वमा नियमित उडानहरु चलायमान राखी यात्रुलाई सहज सेवा दिने उद्देश्यका साथ कार्ययोजनाकाको स्पष्ट रुप पेश गर्नका लागि निगमका नायव महाप्रबन्धक(प्रा.), इन्जिनियरीङ्ग मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूलाई मंगलबार निर्देशन दिएका हुन्।

यसैगरी अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा नजान र मातहत कर्मचारीहरूलाई समेत नपठाउन समेत अधिकारीले प्रष्ट निर्देशन दिएका छन्।

साथै, उक्त अवधिमा निगमका सबै विभागका ईन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा बाधा पर्ने गरी बिदा नदिन समेत भनिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

असोज २, २०८१ बुधबार १०:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।