धोबीखोलामा ट्याक्सी खस्यो, चालक सकुशल
 
                    
                    
                    
                      तस्बिर- अन्जान केसी
                    
                    
                    
                    काठमाडौं : अनामनगरस्थित मदन भण्डारी कलेज आसपासबाट ट्याक्सी धोबीखोलामा खसेको छ।
आइतबार राति भारी वर्षापछि आएको समयमा ट्याक्सी धोबीखोलामा खसेको हो।
ट्याक्सीसँगै खोलामा खसेका चालक भने सकुशल बहिर निस्किएका छन्। उनी प्रहरीको सम्पर्कमा आइसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
चालक मात्र भएको ट्याक्सी बगाएर केही तल पुर्याएको छ। अहिले उक्त ट्याक्सीलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ।
भदौ ३०, २०८१ आइतबार २२:१०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    