राजनीतिका लागि ३० वर्षको फिल्मी करियर छोड्दै विजय थलापति
 
                    
                    
                    
                    एजेन्सी : तामिल सुपरस्टार विजय थलापतिले राजनीतिक यात्रालाई अगाडि बढाउनका लागि फिल्मी करियर छोड्ने तरखरमा छन्।
शनिबार केभीएन प्रोडक्सनले अभिनेता विजयको ‘विजय-६९’ सँग सम्बन्धित विवरण सार्वजनिक गरेको थियो। र, यो नै उनको अन्तिम फिल्म हुनेछ। यसमा उनी लोकतन्त्रका निम्ति लडेको देख्न सकिने छ।
निर्माण टिमले सामाजिक सञ्जालमा चलचित्रको पोस्टर मात्र सेयर गरेको छ।
यसलाई सेयर गर्दै निर्माताले लेखेका छन्, ‘हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि यो हाम्रो यो तमिल फिल्म चाड जस्तै हो। थलापतिको लागि माया। हामी तपाईंका फिल्म हेरेर हुर्केका हौं र तपाईं हाम्रो जीवनको हरेक पाइलाको हिस्सा हुनुभएको छ। ३० वर्ष भन्दा बढी समयदेखि हामीलाई मनोरन्जन प्रदान गर्नुभएकोमा धन्यवाद।’
विजयको अन्तिम फिल्म ‘विजय-६९’ सन् २०२५ अक्टोबरमा रिलिज हुनेछ।
यसको प्रदर्शनपछि विजयले सिनेमाबाट ‘ब्रेक’ लिएर राजनीतिमा पूर्ण ध्यान दिने बताइएको छ।
विजयले यही वर्ष फेब्रुअरी २ मा आफ्नो राजनीतिक पार्टी ‘तमिलगा वेत्री काजम’को घोषणा गरेका थिए। यसको हिन्दीमा अर्थ तमिलनाडु विजय पार्टी हो। उनले २०२६ को विधानसभा चुनाव लड्ने विश्वास गरिएको छ।
विजयले सन् १९९२ मा फिल्म ‘नालैया थेरपु’बाट मुख्य अभिनेताको रूपमा डेब्यु गरेका हुन्। अहिलेसम्म ६८ फिल्ममा काम गरिसकेका विजयले आफ्नो करिअरमा ‘मास्टर’ र ‘थेरी’ जस्ता ब्लकबस्टर हिट फिल्म दिएका छन्।
भदौ ३०, २०८१ आइतबार २०:४१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    