१० देखि ५० हजार रुपैयाँसम्म पर्ने पाइलट पेनको शाखा अब पुतलीसडकमा पनि

१० देखि ५० हजार रुपैयाँसम्म पर्ने पाइलट पेनको शाखा अब पुतलीसडकमा पनि

काठमाडौं : जापानीय ब्राण्ड पाइलट पेनको आधिकारिक वितरक फेयर ट्रेडले काठमाडौंको पुतलीसडकमा नयाँ शाखाको उद्घाटन गरेको छ।

नयाँ शाखामा १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्ने १७० भन्दा बढी प्रकारको पेन पाइने कम्पनीले जनाएको छ।

सामान्यतया सातदेखि आठ हजारदेखि माथिका पेनलाई स्टोरले प्रिमियम र महँगो क्याटोगोरीमा राखेको छ। यस्ता पेन १५ देखि २० भेराइटीमा उपलब्ध छन्।

फेयर ट्रेडले सन् २०११ देखि यी पेनहरू नेपाल भित्र्याएको हो। नेपाली बजारमा प्रभाव बढाउनका लागि कम्पनीले फरक-फरक भेराइटीका पेनहरू आयात गर्दै आएको छ।

बलपेनको मूल्य १० रुपैयाँदेखि अधिकतम ५ हजारसम्म छ। जेलपेन न्यूनतम ६० देखि ७ देखि ८ सय रुपैयाँसम्म उपलब्ध छ।

यसैगरी प्रिमियम फाउन्टेन पेनको मूल्य १० हजारदेखि सुरु हुन्छ। यस्तै बच्चाहरूका लागि ७ सय देखि दुई हजारसम्म पाइन्छ।

नेपालमा पाइलटका सबैभन्दा बिक्री हुने पेन १० देखि २० रुपैयाँको हो भने एक हजार रुपैयाँसम्मको पेन किन्ने ग्राहकहरू पनि टन्नै रहेको कम्पनीले जनाएको छ।

यी सम्पूर्ण पेन जापानबाटै तयारी भएर आउँछन्। नयाँ शाखा उद्घाटन कार्यक्रममा पाइलट पेनका जापानी प्रतिनिधि रियुहेइ इतोह र हिसाकी कोजिमाको उपस्थिति थियो।

भदौ २९, २०८१ शनिबार १६:०१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।