पशुपति कोटीहोममा ७२ लाख रुपैयाँ घाटा भएको कृष्णमूर्तिको दाबी

काठमाडौं : पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको दाबी गरिएको छ।
कोटीहोम सकिएको करिब एक महिनामा आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक विजय कृष्णमूर्तिले ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको सार्वजनिक गरेका छन्।
कृष्णमूर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो।
यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार कृष्णमूर्तिको दाबी छ।
महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि दुई करोड रूपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
भदौ २७, २०८१ बिहीबार १३:५६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।