‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई, कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुने

काठमाडौं : उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन्।
आज साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन्। मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराइन्।
प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की थिए भने कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार थिए।
प्रतियोगितामा अस्मिता शाह, डा काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरीको सहभागिता रहेको थियो।
विजेताले आगामी अक्टोबर २५ (कात्तिक ९) मा कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छन्।
भदौ २६, २०८१ बुधबार २१:५४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।