चीनले निर्माण गरिरहेको छ १२०८ मिटर लामो पुल, विश्वकै लामो भएको दाबी

एजेन्सी : चीनले भौतिक पूर्वाधार विकासमा चमत्कारिक फड्को मारिरहेको छ। यसै सिलसिलामा पूर्वी चीनको जिआङ्सु प्रान्तको चाङ्झाउ र ताइझोउलाई जोड्ने चाङ्ताई याङ्त्जे नदीको पुल संसारकै लामो भएको दाबी गरिएको छ।
पुल निर्माण गरिरहेका इन्जिनियरहरूले पुलको १२०८ मिटर लामो केबल खण्ड संसारकै सबैभन्दा लामो भएको दाबी गरेका छन्। पुल निर्माणमा ठूलो चुनौतिहरु मोलेका बताए।
चाङ्ताई याङ्त्जे नदीको पुल केबल–स्टेड ब्रिज, दुई आर्क ब्रिज र एक बीम ब्रिज मिलेर बनेको छ।
मुख्य पुलको ताइझोउ र चाङ्झाउ छेउमा रहेका दुईवटा आर्क पुलहरू प्रत्येक ३८८ मिटर लामो छन्।
पुलको निर्माण सन् २०१९ मा सुरु भएको थियो र आगामी अप्रिलको अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। -सीसीटिभीप्लस
भदौ २५, २०८१ मंगलबार १५:१९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।