रोनाल्डोले पूरा गरे ९०० औं गोल, यस्तो छ गोल स्कोरिङ यात्रा

रोनाल्डोले पूरा गरे ९०० औं गोल, यस्तो छ गोल स्कोरिङ यात्रा

काठमाडौं : फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नौ सय गोलको महत्वपूर्ण कोषेढुंगा पूरा गरेका छन्। रोनाल्डोले यो उपलब्धि ५ सेप्टेम्बर २०२४ मा युइएफए नेसन्स लिगको खेलमा क्रोएसियाविरुद्धको भिडन्तमा हासिल गरे।

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। नेसन्स लिगमा क्रोएसियाविरुद्धको खेलमा पोर्चुगलका लागि गोल गर्दै २-० को जित दिलाएका उनले त्यसैक्रममा ९ सय औं गोल गरे। 

३९ बर्षीय रोनाल्डोले ३४ पोर्चुगलका लागि खेल्न थालेको २० वर्षपछि रोनाल्डोले १ सय ३१ औं गोल पूरा गरेका छन्। क्रोएसियाविरुद्धको खेलमा गोल गरेपछि खुसी मनाउने क्रममा उनी घुँडा टेकेर बस्दै भावुक भए।

रोनाल्डोले ९ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५०, युभेन्टसबाट १ सय १ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका थिए।

रोनाल्डोको गोल स्कोरिङ यात्रा :
पहिलो गोलः
रोनाल्डोले आफ्नो पहिलो गोल ७ अगस्त २००२ मा स्पोर्टिङ सीपीको लागि मोरायरेन्सेसँगको प्राइमेरा लिग खेलमा गरेका थिए।
१०० औं गोलः रोनाल्डोले आफ्नो १०० औं गोल ३ अप्रिल २००८ मा म्यानचेस्टर युनाइटेडको लागि रोमा विरुद्धको च्याम्पियन्स लिग खेलमा गरेका थिए।
२०० औं गोलः रोनाल्डोले आफ्नो २०० औं गोल ५ नोभेम्बर २०१० मा रियल म्याड्रिडको लागि डेपोर्टिभो ला कोरुणा विरुद्धको ला लिगा खेलमा गरेका थिए।
३०० औं गोलः रोनाल्डोले आफ्नो ३०० औं गोल १९ फेब्रुअरी २०१२ मा रियल म्याड्रिडको लागि रासिङ सान्तान्दर विरुद्धको ला लिगा खेलमा गरेका थिए।
४०० औं गोलः रोनाल्डोले आफ्नो ४०० औं गोल ५ अप्रिल २०१४ मा रियल म्याड्रिडको लागि बोरुसिया डर्टमण्ड विरुद्धको ला लिगा खेलमा गरेका थिए।
५०० औं गोलः रोनाल्डोले आफ्नो ५०० औं गोल १७ अक्टोबर २०१५ मा रियल म्याड्रिडको लागि पीएसजी विरुद्धको च्याम्पियन्स लिग खेलमा गरेका थिए।
६०० औं गोलः रोनाल्डोले आफ्नो ६०० औं गोल १५ अक्टोबर २०१७ मा जुभेन्टसको लागि गेटाफे विरुद्धको सिरि ए खेलमा गरेका थिए।
७०० औं गोलः रोनाल्डोले आफ्नो ७०० औं गोल ७ अक्टोबर २०१८ मा जुभेन्टसको लागि उदिनेस विरुद्धको सिरि ए खेलमा गरेका थिए।
८०० औं गोलः रोनाल्डोले आफ्नो ८०० औं गोल २४ मार्च २०२१ मा पोर्चुगलको लागि लक्जेम्बर्ग विरुद्धको विश्व कप क्वालीफायर खेलमा गरेका थिए।
९०० औं गोलः रोनाल्डोले आफ्नो ९०० औं गोल ५ सेप्टेम्बर २०२४ मा पोर्चुगलको लागि क्रोएसिया विरुद्धको युइएफए नेसन्स लिग खेलमा गरेका थिए। 

भदौ २१, २०८१ शुक्रबार १४:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।