बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा कोटेश्वरबाट गेष्टहाउसका दुई सञ्चालक पक्राउ, पाँच बालिकाको उद्धार
 
                    
                    
                    
                    काठमाडौं : नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले कोटेश्वरका दुई जना गेष्टहाउस सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेष्ट हाउसका सञ्चालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका-४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन्।
खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
साथै प्रहरीले गेष्टहाउसबाट पाँच जना बालिकाहरूलाई उद्दार समेत गरेको छ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।
भदौ १३, २०८१ बिहीबार १३:०५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    