झापामा खुकरीले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् प्रक्राउ
 
                    
                    
                    
                    झापा : जिल्लामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्।
३० वर्षीया श्रीमती रन्जना गौतम अधिकारीको हत्या आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका-८ शिवालय टोलका ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ पक्राउ गरेको हो।
ओम प्रकाशले घरायसी विवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको खबरपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम प्रकाशलाई खुकुरी सहित पक्राउ गरेको हो।
मृतक रन्जनाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
भदौ ५, २०८१ बुधबार १३:०५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    