जग्गा किनबेचको विवादमा दिदीको हत्या, भाइ पक्राउ

जग्गा किनबेचको विवादमा दिदीको हत्या, भाइ पक्राउ

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका-३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गलकोटमा गए राति ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय दलवीर श्रीपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको हो।

घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ। मृतकको टाउकोमा चोट लागेको छ।

वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो।

थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताए।

भदौ ३, २०८१ सोमबार ०७:५४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।