एआइबाट भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै काठमाडौँ उपमेयर डङ्गोलको उजुरी, सिन्धुपाल्चोकमा समातिए रावल
 
                    
                    
                    
                    काठमाडौँ : आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर भिडियो बनाइ आफ्नो चरित्र हत्या गरिएको भन्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले दिएको उजुरीको आधारमा एक जना पक्राउ परेका छन्।
प्रहरीको साइबर ब्युरोले बाजुराको खप्तड छडदह गाउँपालिका–५ स्थायी घर भएका २२ वर्षीया रमेशबहादुर रावललाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो। ब्युरोले आइतबार मात्रै एआइको प्रयोग गरेर दलका नेतासहित प्रतिष्ठित व्यक्तिहरूको भिडियो बनाएर सामाजिक सञ्जालमा राखी चरित्र हत्या गर्ने क्रम बढेको भन्दै त्यसो नगर्न र गरेमा कानुनी कारबाहीको दायरामा आउने सार्वजनिक सूचना जारी गरेको थियो।
आइतबारै ब्युरोले रावललाई पक्राउ गर्यो। ब्युरोस्रोतका अनुसार डङ्गोलले चार दिन अगाडि कारबाहीको माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन्।
भदौ २, २०८१ आइतबार १९:२३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    