टेस्ला, अडी तथा पोर्श गाडी खरिदमा महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत व्याजमै कर्जा दिने

काठमाडौं : महालक्ष्मी विकास बैंकले टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा दिने समझदारी भएको छ।
बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत ईन्टरनेशनल प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्।
विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा उपलब्ध हुनेछ।
यस्तै विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ।
कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पुर्ण शाखा कार्यालयहरू तथा क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन्।
साउन २९, २०८१ मंगलबार ०८:२५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।