इजरायल र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्वमा पठायो गाइडेड मिसाइल पनडुब्बी

एजेन्सी : इजरायल र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्वमा गाईडेड मिसाइल पनडुब्बी पठाएको छ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विमानवाहक युएसएस अब्राहम लिंकनलाई पनि चाँडै यस क्षेत्रमा पुग्न आग्रह गरेका छन्।
हमास र हिजबुल्लाहका केही ठूला नेता मारिएपछि इजरायल र इरानबीच तनाव बढेको छ।
इरानले हमास नेता इस्माइल हनियाको हत्याको बदला घोषणा गरेको थियो। हिजबुल्लाहले केही इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाउन सक्ने बताइएको छ।
हानियाको मृत्युपछि बढेको तनावलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपूर्वमा पनडुब्बी पठाउने निर्णय गरेको हो। अमेरिका यस्तो कुनै पनि आक्रमणबाट इजरायललाई बचाउन चाहन्छ।
अमेरिकी रक्षामन्त्री अस्टिनले आफ्नो देशले आफ्ना सहयोगीहरूलाई जोगाउन हरसम्भव कदम चाल्ने बताएका छन्।
साउन २९, २०८१ मंगलबार ०७:०७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।