सुतिरहेको बेडमा मृत भेटिए गायक प्रकाश तिमल्सिना

सुतिरहेको बेडमा मृत भेटिए गायक प्रकाश तिमल्सिना

काठमाडौं : गायक प्रकाश तिमल्सिनाको निधन भएको छ।

ललितपुर महानगरपालिका-१९ भैँसेपाटीमा बस्दै आएका ३५ वर्षीय प्रकाश शनिबार साँझ सुतिरहेको खाटमा मृत भेटिएका थिए।

उनको मुखबाट थोरै रगत निस्किएको अवस्था देखिएको प्रहरीले जनाएको छ। 

प्रहरीले शनिबारै प्रकाशको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लागेको छ ।

उनको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिए।

गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका हुन्। 

उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका लगायत दर्जनौं गीत लोकप्रिय छन्। 

२०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए।  

साउन २७, २०८१ आइतबार ०७:५७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।