हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम गरिँदै

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम गरिँदै

काठमाडौं : बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिँदैछ।

त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो। केही शव अत्यधिक जलेकाले पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुनसक्ने चिकित्सकले बताएका छन्।

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना एक नेपाली पाइलट र चार चिनियाँ नागरिकको मृत्यु भएको थियो।

दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो।

साउन २४, २०८१ बिहीबार १०:३९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।