श्रीमानको हत्याको आरोपमा २४ वर्षकी उषा पक्राउ

श्रीमानको हत्याको आरोपमा २४ वर्षकी उषा पक्राउ

काठमाडौँ : २० वर्षीय श्रीमान् प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन् आइतबार बिहान उनको शव फेला परेको थियो।  

शवमा धारिलो हतियार प्रहार भएको देखिएपछि प्रहरीले ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका–९ माधवपुरकी २४ वर्षीया उषा नेपाली र २७ वर्षीय मदन रम्तेलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। उषा प्रेमको श्रीमती हुन्।

प्रहरीका अनुसार प्रेम र उषा एक महिनादेखि कालो पुलमा डेरामा बस्दै आएका थिए। हत्याको कारण भने खुल्न सकेको छैन। प्रहरीले शव पोस्टमार्टमका लागि पठाएर दुबैलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। 

साउन २०, २०८१ आइतबार २१:२०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।