बंगलादेशबाट १२ सय विद्यार्थी स्वदेश फर्किए : परराष्ट्र मन्त्रालय

काठमाडौं : बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनपछि १२ सय विद्यार्थी स्वदेश फर्किएका छन्।
जसमध्ये आइतबार ४२० विद्यार्थीमध्ये ३०५ जना विद्यार्थी काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।
उनका अनुसार बंगलादेशमा रहेका सबै विद्यार्थी सुरक्षित छन् भने ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूको सुरक्षा, सुरक्षा र भलाईका सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ।
दूतावासले नेपाल फर्कन चाहनेहरूको यात्रामा सहजीकरण गरिरहेको छ भने बाँकीलाई घरभित्रै बस्न र सावधानी अपनाउन सल्लाह दिएको छ।
साउन ७, २०८१ सोमबार ०८:१७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।