
बिहीबार १२ भदौ, २०८२
घरमा पाहुना आएका भिनाजुलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : सोलुखुम्बुमा हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका–२ देविस्थान बस्ने ४५ वर्षीय पूर्ण बहादुर बस्नेत छन्।
आफ्नै घरमा पाहुना आएका भिनाजु ६० वर्षीय सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको उनीमाथि आरोप छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
साउन ६, २०८१ आइतबार ०७:२९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।