राष्ट्रिय सभाको बैठक बस्दै, थारु आयोगको वार्षिक प्रतिवेदन पेश हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, थारु आयोगको वार्षिक प्रतिवेदन पेश हुँदै

काठमाडौं : संघीय सांसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे शुरू हुनेछ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै, आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

साउन ४, २०८१ शुक्रबार ११:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।