सुनसरीमा छ वर्षीय बालकको कुटेर हत्या, एक जना पक्राउ
 
                    
                    
                    
                    सुनसरी : जिल्लामा छ वर्षीय बालकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-३ विस्थापित टोलका ४५ वर्षीय विर बहादुर विश्वकर्मा रहेका छन्।
सोही स्थान बस्ने बिक्रम विकको ६ वर्षीय छोरा अबि विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विर बहादुरले मादक पदार्थ सेवन गरी अबिलाई कुटपिट गर्दा घाइते भई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएका थिए।
कुटपिटको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनलाई विरबहादुरलाई पक्राउ गरेको थियो।
कुटपिटबाट घाइते अबिको प्रतिष्ठानमा उपचारको क्रमममा मृत्यु भएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
साउन २, २०८१ बुधबार १३:१६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    