पोखरामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव भेटियो
 
                    
                    
                    
                    पोखरा : कास्कीको पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।
सशस्त्र प्रहरीको गोताखोरले साउन १ गते दिउँसो करिब सवा तीन बजे शव फेला पारेको हो।
धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई पोखरा महानगरपालिका-८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिंखडा पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले झण्डै २० फिट गहिराइबाट उनको शव निकालेको हो।
शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
साउन २, २०८१ बुधबार ०७:५५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    