'समावेशी समानुपातिक प्रणाली हटाउनेगरी संविधान संशोधन भए मान्य हुँदैन'

'समावेशी समानुपातिक प्रणाली हटाउनेगरी संविधान संशोधन भए मान्य हुँदैन'

काठमाडौं : माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले संविधान संशोधनमार्फत् कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सबै दललाई सहमतिमा नलिई संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराए।

‘संविधान शंसोधन जटिल विषय हो। निर्वाचन प्रणाली फेरेर दुई दलीय सिष्टममा लैजाने कुरा स्वीकार्य हुँदैन,’ यादवले भने। 

उनले समानुपातिक समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधनको कुरा माओवादीलाई स्वीकार्य नहुने बताए। 

संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरपेक्षता संविधानका चार पिल्लर रहेको भन्दै कुनै एउटालाई हटाउन नमिल्ने उनले बताए।

असार २५, २०८१ मंगलबार १३:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।