मेयर बालेनको पक्षमा संसद्मा बोल्दै ज्ञानेन्द्र शाहीले भने’बालेनलाई असफल बनाउने षड्यन्त्र भयो’
 
                    
                    
                    
                    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसद्मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको समर्थन गर्दै राजनीतिक हस्तक्षेप नगर्न प्रमुख दलहरूलाई सचेत गराएका छन्। महानगरमा स्वतन्त्र मेयरको रूपमा
दलीय रोग महानगरपालिकामा सरेको र मेयर बालेनलाई काम गर्न नदिएको भन्दै महानगरपालिकामा राजनीतिक हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। राम्रो काम गर्दागर्दै महानगरपालिकामा दलका नेताहरूले हस्तक्षेप गरेर वडाध्यक्षहरूमार्फत महानगरपालिकाको बजेट पास गर्न नदिएको बताए।
दलका नेताहरूले वडाध्यक्षहरूलाई फोन गरेर बालेनलाई असफल बनाउने प्रयास भइरहेको भन्दै काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार भएर स्वतन्त्र मेयर बालेनलाई असफल बनाउन अस्तव्यस्त गर्ने काम बन्द गर्न माग गरे।
वडाध्यक्षहरूको विरोधकाबीच महानगरमा नीति तथा कार्यक्रम र बजेट पेस गरिए पनि बजेट पास भने हुन सकेको छैन। नेपाली कांग्रेस र एमालेका वडाध्यक्षहरूले मेयर बालेनले नीति तथा कार्यक्रम र बजेटमा मनोमानी गरेको भन्दै निरन्तर विरोध गर्दै आएका छन्।
असार १७, २०८१ सोमबार १३:३१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    