'नागरिकता होल्ड गर्दैमा कोही व्यक्ति राष्ट्रवादी भइहाल्छ भन्ने छैन'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र गैर राष्ट्रिय शक्तिहरूबीच प्रतिस्पर्धाको राजनीति भइरहेको बताएका छन्।
शुक्रबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय र गैर राष्ट्रिय शक्तिहरूबीच प्रतिस्पर्धाको राजनीति भइरहेको भन्दै एमाले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अवस्थामा पुगेको दाबी गरे।
उनले भने, ‘अहिलेको राजनीति राष्ट्रिय र गैर राष्ट्रिय शक्तिबीचको प्रतिस्पर्धाको राजनीति हो। नागरिकता होल्ड गर्दैमा कोही व्यक्ति राष्ट्रवादी भइहाल्छ भन्ने छैन। यसरी दुई धारबीचको प्रतिस्पर्धा छ। अहिले हामीले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अबको आवश्यकता भयो।’
अध्यक्ष ओलीले देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा एमालेले जनताको बहुदलीय जनवादलाई प्रतिपादन गरेको बताए। जनताको बहुदलीय जनवादले अझै राम्रो मौका पाउने हो भने मार्गदर्शनको सिद्धान्त रहेको उनको भनाई छ।
उनले भने, ‘हामी जनताको बहुदलीय जनवादप्रति आफ्नो स्वार्थ पूरा गर्नको लागि होइन। मौका मिले जबज कार्यक्रम हो। मौका नमिले होइन। अझै राम्रै मौका मिल्ने हो भने सिद्धान्त हो। अझै राम्रो मौका पाउने हो भने मार्गदर्शन सिद्धान्त नै हो। स्वार्थ पूरा नहुने हो भने केही पनि होइन।'
असार १४, २०८१ शुक्रबार १८:०४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।