'सरकारले एसईईमा ५२ प्रतिशत विद्यार्थीलाई फेल गराएर विदेश पलायनको ढोका खोलिदियो'

काठमाडौं : माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले एसईई परीक्षामा सरकारले नयाँ लेटरग्रेडिङ लागू गर्दा धेरै विद्यार्थीहरू फेल भएको बताएकी छिन्।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले विद्यार्थी फेल गराउने नयाँ लेटरग्रेडिङ प्रणाली हटाउन माग गरिन्।
उनले सरकारले आम विद्यार्थीलाई असफल र निराश बनाई अझ विदेश पलायनको ढोका खोलेको पनि बताएकी छन्।
उनले भनिन्, ‘आज मात्रै बोर्डले एसईई नतिजा प्रकाशन गरेको छ, सभामुख महोदय यस वर्ष नयाँ लेटरग्रेडिङ निर्देशिकाअनुसार ५२.१४ प्रतिशत कक्षा ११,१२ पढ्न बन्चित गरिएको छ, यस प्रकारको परीक्षा प्रणालीले थोरै विद्यार्थीलाई अगाडि ल्याउने र आम विद्यार्थीलाई असफल र निरास बनाइ अझ विदेश पलायनको ढोका खोलेको छ, म सरकार र सम्बन्धित निकायलाई विद्यार्थीहरूको भविष्य खेलवाड नगरी यस्तो खालको प्रणाली सच्याउन माग गर्दछु।’
आज सार्वजनिक भएको नतिजा अनुसार परीक्षामा सहभागी भएका चार लाख ४४ हजार सात सय ८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन्। २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन्।
असार १३, २०८१ बिहीबार १५:३९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।