खेतमा जाने क्रममा चट्याङ्ग लागेर कपिलबस्तुमा दुई जनाको मृत्यु

बुटवल : कपिलबस्तुमा चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ।
यशोधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकामा दुई जनाको चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
मृत्यु हुनेमा जिल्लाको यशोधरा गाउँपालिका-८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका-१० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुर रहेका छन्।
उनीहरू दुवैको बुधबार विहान घर नजिक खेतमा जाने क्रममा चट्याङ्ग लागेको थियो। चट्याङ्ग लागेका दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक पौडेलले बताए।
असार १२, २०८१ बुधबार १३:०५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।