ग्राहक र वितरकलाई भुक्तानी सुविधा दिन एनसेल र माछापुच्छ्रे बैंकबीच सम्झौता

ग्राहक र वितरकलाई भुक्तानी सुविधा दिन एनसेल र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ। सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मोबाइलमा डेटा सकिए पछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरू रहेको एनसेलको ‘सधैँ अन’ योजनाअन्तर्गत माछापुच्छ्रे बैंकमा आफ्नो खाता भएका एनसेलका ग्राहकहरूले बैंकको मोबाइल बैङ्किङ एप एमबीएल एम–स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गर्न सक्छन्।

साथै एनसेलको सेवा, सुविधा खरिदका लागि भुक्तानी गर्न समेत सहज हुनेछ। एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरूले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। 

असार ९, २०८१ आइतबार १९:०३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।