युक्रेनलाई समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

एजेन्सी : रुसको शैन्य अदालतले युक्रेनलाई समर्थन गरेको आरोपमा एक रुसी शिक्षकलाई २० वर्षको जेल सजाय तोकेको छ।
रुस र युक्रेनबीच युद्ध चलिरहेको बेला २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको आरोपमा अदालतले ‘देशद्रोही’ ठहर गर्दै सजाय सुनाएको हो।
रुसी अदालतले युक्रेनसँगको युद्धका क्रममा युक्रेनप्रति सहानुभूति देखाउनेहरूलाई समेत जेल सजाय गरेको छ।
रुसी सञ्चारमाध्यमहरूका अनुसार ती शिक्षकले युक्रेनी कोष ‘कम ब्याक अलाइभ’ मा २० हजारदेखि एक लाख रुबलसम्म पठाएको खुलेको जनाएका छन्। सो कोषले युक्रेनी सेनाका लागि पैसा जम्मा गर्ने गरेको छ।
शिक्षक डेनियल सन् २०२३ को फेब्रुअरीमै पक्राउ परेका थिए।
असार ८, २०८१ शनिबार १५:२३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।