बागमतीमा ६४ अर्ब ५४ करोडको बजेट विनियोजन

बागमतीमा ६४ अर्ब ५४ करोडको बजेट विनियोजन

काठमाडौं : बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेटको आकार बढाएर ल्याएको छ।संवैधानिक व्यवस्था अनुसार शनिबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार रुपैयाँको बजेट जानकारी गराए। 

कुल विनियोजनमध्ये पूँजीगततर्फ ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र चालूतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ  छुट्याएको मन्त्री थपलियाले जानकारी गराए। 

त्यस्तै, प्रदेश सरकारले वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छ। 

आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढाएर ल्याएको हो। बागमती प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ६२ अर्ब ७७ करोड ९० लाख रुपैयाँ बजेट ल्याएको थियो। 

प्रदेश सरकारले सडक निर्माण, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको आर्थिक मामिलामन्त्री थपलियाले बताए।  

असार १, २०८१ शनिबार २०:५१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।