हिजो ३३.४ डिग्री सेल्सियस तापमान पुगेको काठमाडौंमा आज केही शीतलता छाउने

हिजो ३३.४ डिग्री सेल्सियस तापमान पुगेको काठमाडौंमा आज केही शीतलता छाउने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज अपरान्हदेखि काठमाडौं उपत्यकाको तापक्रम घटेर केही शीतल हुने जनाएको छ। 

हिजो उपत्यकामा निकै गर्मी महसुस गरिएको थियो। यहाँ हिजोको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने विभागले जनाएको हो।

विभागका अनुसार आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव देखिन थाल्ने छ। 

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी रहेकाले अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखाइएको छ।  

असार १, २०८१ शनिबार १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।