दक्षिण अफ्रिकासँग एक रनले हारेपछि कप्तान रोहितले भने- ‘राम्रो क्रिकेट खेल्दा पनि हामी हार्यौं’

दक्षिण अफ्रिकासँग एक रनले हारेपछि कप्तान रोहितले भने- ‘राम्रो क्रिकेट खेल्दा पनि हामी हार्यौं’

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले राम्रो क्रिकेट खेल्दा पनि पराजित भएको बताएका छन्।

दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि भएको पत्रकार सम्मेलनमा उनले राम्रो क्रिकेट खेलेको भन्दै टिमको प्रयासबाट सन्तुष्ट रहेको बताए।

‘राम्रो क्रिकेट खेल्दा पनि हामीले हार्यौं। समग्रमा हामीले एकदमै राम्रो खेल्यौँ,’ उनले भने, ‘टिम इफोर्टमा गर्व गर्छु र सन्तुष्ट छु।’

फरक प्रसङ्गमा उनले बंगलादेशविरुद्धको खेल जित्ने बताए।

‘आजको खेल जितेको भए बंगलादेश नकआउट जस्तै हुन्थ्यो,’ उनले थपे, ‘अर्को खेल हामी प्रष्तिठाका लागि खेल्छौँ। हामी टेस्टमान्यता प्राप्त देशलाई हराउन चाहन्छौँ। त्यो आज सफल हुन सकेन तर हामी अर्को खेलमा त्यसो गर्छौं।’

आजको खेलबाट प्राप्त आत्मविश्वासलाई आगामी खेलमा कायमै राख्ने उनले बताए। उनले फ्यानलाई जित उपहार दिन खोजे पनि नसकेको बताए।

उनले थपे, ‘फ्यानलाई उपहार दिन चाहन्थ्यौं, सकेनौं।’

गुल्सन झाको प्रस्तुतिलाई लिएर शंका गर्नुपर्ने ठाउँ नभएको भन्दै उनले एक/डेढ वर्षदेखि राम्रो खेल खेलेको बताए।

‘गुल्सनले हामीलाई खेल जिताको पनि छ,’ उनले अगाडि भने, ‘एउटा खेलले केही पनि डाउड हुँदैन। हामी ऊमाथि विश्वास गर्छौँ। कुनै दिन हाम्रो रणनीतिले काम गर्दैन।’

असार १, २०८१ शनिबार ०९:२१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।