खुर्पा प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरो पक्राउ

काठमाडौं : भोजपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अरुण गाउँपालिका-४, चरम्बीका ३४ वर्षीय मिलन तामाङ छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार मिलनलाई आइतबार साँझ पक्राउ गरिएको हो।
६८ वर्षीया नीरकुमारी तामाङको हत्या गरेको उनीमाथि आरोप छ।
मिलनले खुर्पा प्रहार गरी आमा नीरकुमारीको हत्या गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
जेठ २८, २०८१ सोमबार २१:४१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।