शुक्रबार हालसम्मकै उच्च भएको मूल्य चार हजारले घट्यो

शुक्रबार हालसम्मकै उच्च भएको मूल्य चार हजारले घट्यो

काठमाडौं : आइतबार सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँ घटेको छ। 

शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छापावाल सुन आज ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। 

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ। 

शुक्रबार तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। 

जेठ २७, २०८१ आइतबार ११:११:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।