विश्वकप क्रिकेट चलिरहँदा ओमोडाको अभियान : रन बनाउँछ नेपाल, रूख हुर्काउँछ ओमोडा

विश्वकप क्रिकेट चलिरहँदा ओमोडाको अभियान : रन बनाउँछ नेपाल, रूख हुर्काउँछ ओमोडा

काठमाडौं : विद्युतीय गाडी कम्पनी ओमोडा ले ‘आईसीसी पुरुष टि-ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा ‘रन बनाउँछ नेपाल, रुख हुर्काउँछ ओमोडा’ अभियान थालेको छ।

दोश्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा कम्पनीले रुख रोप्ने जनाएको छ।

यस अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक ‘चौका’मा पाँच, हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ। यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरू सहभागी हुने कम्पनीले जनाएको छ।

एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले यो पहल  ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको बताए। आफूहरूको अभियानले नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्याउने कम्पनीको विश्वास छ।

यस अभियानले दिगो गतिशिलतालाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्ने कम्पनीको विश्वास छ।

एसपिजि अटोमोबाइल्स ओमाडा र जेइको अटोमोबाइल्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो।

जेठ २६, २०८१ शनिबार १०:११:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।