ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका थिए।
समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्ने उल्लेख छ।
बैंकले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ। त्यसैगरी, बैंकले व्यक्तिगतरुपमा ‘अटो लोन’ तथा व्यावसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेको छ।
जेठ २४, २०८१ बिहीबार १८:३०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।