१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ
 
                    
                    
                    
                    म्याग्दी : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मंगला गाउँपालिका-४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटा रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको प्रहरी चौकी सिङ्गा तातोपानीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
जेठ १७, २०८१ बिहीबार १३:४८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    