कृषि क्षेत्रको लागि ५७ अर्ब २९ करोड बजेट, फलफूल क्षेत्र विकासमा १ अर्ब ४४ करोड

कृषि क्षेत्रको लागि ५७ अर्ब २९ करोड बजेट, फलफूल क्षेत्र विकासमा १ अर्ब ४४ करोड

काठमाडौं : आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ। 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्। 

त्यसैगरी सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ। जसमा सामूहिक खेती प्रवर्द्धन गर्न सरकारी जमिन लिजमा उपलब्ध गराइने बजेटमा उल्लेख छ। 

त्यस्तै, अर्थमन्त्री पुनले टिस्यू कल्चर प्रयोगशाला निर्माण गरि विरुवा उत्पादन गरिने बताए। 

उनले फलफूल क्षेत्र विकासका लागि एक अर्ब ४४ करोड विनियोजन गरिएको बताए।

जेठ १५, २०८१ मंगलबार १६:११:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।