भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब बजेट

काठमाडौं : सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।
उनले वि.स. २०७२ साल र त्यसपछि पटक पटक गएको भूकम्पपछि पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको बताए।
त्यस्तै, सरकारले हुलाकी राजमार्ग, पुष्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग तथा उत्तर दक्षिण करिडोर क्षेत्रमा प्रदेश, स्थानीय तह र निजी क्षेत्रको लागत साझेदारीमा स्थानीय सम्भावनामा आधारित आर्थिक सामाजिक गतिविधि प्रबर्द्धन गर्न ग्रामीण विकास अभियान संचालन गर्ने बताएको छ।
जेठ १५, २०८१ मंगलबार १६:०४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।