नुवाकोटमा खुकुरी प्रहार गरी आफ्नै दाइको हत्या, भाइ पक्राउ
 
                    
                    
                    
                    विदुर : नुवाकोटको किस्पाङ गाउँपालिका-५ मानेगाउँमा सोमबार साँझ आफ्नै दाइको हत्या आरोपमा भाइ पक्राउ परेका छन्।
मानेगाउँका अन्दाजी ७० वर्षीय समसिङ तामाङको हत्या आरोपमा उनका भाइ ६० वर्षीय सिंहबहादुर तामाङ पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याइएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट २० किलोमिटर पूर्व उत्तर र प्रहरी चौकी मैलुङबाट ३ किलोमिटरको दूरीमा पर्छ।
सिंहबहादुरले घाँटीमा खुकुरी प्रहार गर्दा दाइको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। राति ११ बजे मुचुल्कापछि शवालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली ल्याइएको छ।
खुकुरी प्रहारको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ १५, २०८१ मंगलबार ०९:३८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    