संसदीय छानबिन समितिको कार्यादेशमा कुरा मिलेन, साँझसम्म सहमति गर्ने प्रयास

संसदीय छानबिन समितिको कार्यादेशमा कुरा मिलेन, साँझसम्म सहमति गर्ने प्रयास

काठमाडौँ : सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति भए पनि कार्यक्षेत्रमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन।

दुवै पक्षबाट कार्यक्षेत्र निर्धारण गर्न बनाएको कार्यदलको बैठक बसिरहेको छ। तर कार्यदलका सदस्यहरू सहमतिमा पुग्न सकेका छैनन्।

नेपाली कांग्रेसले प्रस्टै गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारीहरूको नाम खुलाउनुपर्नेमा जोड दिइरहेको छ। सत्तापक्ष भने कुनै पनि सहकारीको नाम नतोकी समस्या देखिएका सहकारीहरूको छानबिनलाई संसदीय समितिको कार्यक्षेत्र बनाउनुपर्ने पक्षमा अडिएका छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा बनेको कार्यदलमा रास्वपातर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र एमालेका तर्फबाट महेश बर्तौला सदस्यका छन्। 

जेठ ६, २०८१ आइतबार १६:११:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।