'जीवी राईकाे हत्या भएको र हत्यामा गृहमन्त्री रवि संलग्न रहेको' भनेपछि पक्राउ परेका खनाल धरौटीमा रिहा

काठमाडौं : सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा पक्राउ परेका डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ।
बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन्।
उनलाई जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको थियो।
सहकारी ठगी प्रकरणका मुख्य आरोपी संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको र त्यस हत्यामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै उनले अन्तर्वार्ता दिएका थिए।
विद्युतीय अपराध अन्तर्गत झुटा अफबाह फैलाउन नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा आज थुनछेक पुरा भएको हो।
जेठ २, २०८१ बुधबार २२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।