०८२ सालसम्म नेपाललाई सडक बालबालिकामुक्त देश बनाइने

०८२ सालसम्म नेपाललाई सडक बालबालिकामुक्त देश बनाइने

काठमाडौं : सरकारले ०८२ सालसम्म नेपाललाई सडक बालबालिकामुक्त देश बनाउने लक्ष्य लिएको  छ। 

सरकारका तर्फबाट संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो लक्ष्य लिएको बताएका हुन्।

'अनाथ, असहाय, टुहुरा भएका व्यक्ति, अशक्त हिंसापीडित तथा सडक बालबालिकाको उद्धार र संरक्षणको लागि प्रदेश तथा स्थानीय तहमा आपतकालीन बाल गद्दार कोषको व्यवस्थापन गरिनेछ। दलित, अल्पसंख्यक, लोपोन्मुख, पिछडिएका क्षेत्र, आर्थिक विपन्न तथा अपाङ्गता भएका विद्यार्थीका लागि शिक्षाको कार्यक्रम संचालन गरिनेछ, उनले भने।  

त्यस्तै, जेष्ठ नागरिकलाई सार्वजनिक सेवामा प्राथमिकता दिने राष्ट्रपति पौडेलले बताए।
 

जेठ १, २०८१ मंगलबार १६:४४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।