आगामी आवमा १ हजार युवालाई स्टार्टअप व्यवसाय संचालन गर्न सहुलियत कर्जा दिने

आगामी आवमा १ हजार युवालाई स्टार्टअप व्यवसाय संचालन गर्न सहुलियत कर्जा दिने

काठमाडौं : सरकारले आगामी आवमा कम्तीमा १ हजार युवालाई स्टार्टअप व्यवसाय संचालन गर्न सहुलियत कर्जा प्रदान गर्ने भएको छ। 

सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

'नवप्रवर्द्वन र स्टार्टअप राष्ट्रिय अभियान संचालन गरिनेछ। तीनै सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिनेछ,' उनले भने।  

त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवा, दलित, महिला तथा सिमान्तकृत समुदायको उद्यमशीलता विकास गर्न प्रोत्साहन गर्ने सरकारले नीति लिएको छ।   

जेठ १, २०८१ मंगलबार १६:०३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।