चुच्चे नक्साबारे विवादित अभिव्यक्ति दिएका राष्ट्रपतिका सल्लाहकारको राजीनामा स्वीकृत

चुच्चे नक्साबारे विवादित अभिव्यक्ति दिएका राष्ट्रपतिका सल्लाहकारको राजीनामा स्वीकृत

काठमाडौं : सयको नोटमा चुच्चे नक्सा राख्नेबारे विवादित अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन्।

आइतबार नेपालको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ। 

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गर्दै एक अन्तर्वार्ता दिएका थिए। 

गत २३ वैशाखमा दिएको अन्तर्वार्तामा नेपालले भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ। भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो।’ 

त्यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले सयको नोटमा चुच्चे नक्सा राख्ने सन्दर्भमा प्रतिक्रिया दिएका थिए।  

वैशाख ३०, २०८१ आइतबार १२:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।