विदेशबाट फर्किएपछि रविले गरे 'वैवाहिक बलात्कार' मुद्दामा प्रहरीसामु आत्मसमर्पण

काठमाडौं : वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक रवि ओडले प्रहरीसामु आत्मसर्मपण गरेका छन्।
बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए।
ओडविरुद्व उनकी श्रीमतीले गत चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै इप्रका झलारीमा उजुरी दिएकी थिइन्।
प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। तर, उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन्। विदेशबाट फर्किएपछि उनले आफैं प्रहरीसामु आत्मसमर्पण गरेका हुन्।
गायक ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए।
कृष्णपुर नगरपालिकाका ओड नेपाल आइडल सिजन २ का विजेता हुन्।
वैशाख ३०, २०८१ आइतबार ०७:३५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।