नेपाल बाल संगठनका पूर्व पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी
 
                    
                    
                    
                    काठमाडौं : काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल बाल संगठनका केही पूर्व पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
संगठनको तर्फबाट मंगलबार जाहेरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर केही पूर्व पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको ब्यूरोका प्रवक्ता ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
‘जाहेरी परेपछि ब्यूरोले ठगीमा अनुसन्धान सुरू गरेको छ,’ उनले भने, ‘केहीविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको छ।’
बाल संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेत गरी २० जनालाई पक्राउ गर्न अदालतले बुधबार अनुमति दिएको स्रोतले बतायो।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको प्रहरीले बताएको छ।
पछिल्लो सम्झौताअनुसार नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी जोशी परिवार र विशाल ग्रुपले लिजमा लिएका थिए।
वैशाख २७, २०८१ बिहीबार १३:११:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    